२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते ०८:१४
पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु

काठमाडौँ : सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।  खड्क नगरपालिका-७ का १८ वर्षीय राजा चौधरीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार  जन्माष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै घोँघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोँघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise