काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरोले जय पृथ्वी राजमार्ग सडक अवरुद्ध भएको छ ।
बझाङको छबिसपाथीभेरा गाउँपालिका-१ बालुवाटारस्थित जय पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।