२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हेटौंडामा शनिबार ‘कोरा साइकल र्‍याली’ हुने

ADV
राजकुमार के.सी.
२०८१ साउन २ गते २१:१९
हेटौंडामा शनिबार ‘कोरा साइकल र्‍याली’ हुने

मकवानपुर : मकवानपुरको हेटौंडामा ‘कोरा साइकल र्‍याली’ हुने भएको छ । विगत ७ वर्षदेखि साइकल महोत्सव गर्दै आएको हेटौंडा राइडर्स क्लबले सातौं संस्करणको कोरा साइकल र्‍याली–२०२४ आयोजना गर्ने भएको हो ।

हेटौंडा राइडर्स क्लबको आयोजनामा हुने र्‍याली आउँदो शनिबार हुने आयोजकले जनाएको छ । ‘यो प्रतियोगिता होइन, सबै विजेता हुन्’ भन्ने नारासहित आयोजना हुने साइकल यात्राले शहरलाई साइकलमैत्री बनाउने र स्थानीय तीर्थस्थल एवम् बस्तीहरूको पहिचान बढाउने विश्वास राखिएको आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।

हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार करिब ५० किलोमिटर लामो साइकल र्‍यालीमा चितवन, बारा, पर्सा र काठमाडौंबाट गरी २५० भन्दा बढी साइकल यात्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । साइकल र्‍यालीमा १२ वर्षभन्दा माथि सबै उमेर समूहका महिला र पुरुषहरूले भाग लिन सक्ने आयोजकले बताएको छ ।

र्‍याली हेटौंडा १० स्थित भुटनदेवी मन्दिरबाट शुरु भइ हेटौंडाका विभिन्न स्थान सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी, एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोकमा आइ सम्पन्न हुनेछ । 

साइकल र्‍यालीमा सहभागिताका लागि २ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क लाग्नेछ भने सहभागीहरूलाई निःशुल्क जर्सी उपलब्ध गराइनेछ । आयोजकका अनुसार उक्त साइकल र्‍याली कार्यक्रमका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हालसम्म २ सय जनाले साइकल र्‍यालीमा सहभागी हुन नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले जानकारी दिए । साइकल र्‍यालीले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको अध्यक्ष ताम्राकार बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise