२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

भोजपुरको ‘किरातेश्वर ढुंगे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते ०८:२३
भोजपुरको ‘किरातेश्वर ढुंगे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर : टेम्केमैयुङ गाउँपालिका-९ स्थित किरातेश्वर ढुंगे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न  पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ ।

यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुंगे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज माङपाहाङले बताए ।

पर्यटकलाई लक्ष्य गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्राम स्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको छ । पाँचधारे पोखरीको संरक्षण र सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण भएको छ । पाँचधारे पोखरीको मौलिक स्वरूप परिवर्तन नगरी मर्मतसम्भार गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise