२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते ०९:४५
बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला : सर्केगाड गाउँपालिका-१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् । 

सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सुनवाइ नभएको गुनासो गरेका छन् । 

यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् । 

“कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,” भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise