२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Nada
२०८२ भदौ ४ गते १०:१६
Shares
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केरा घारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।

ncell

पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

सम्बन्धित खबर