२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १०:१६
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका-५ केरा घारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका-८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।

पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise