२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

उपसभामुख हटाउने कांग्रेस–एमालको प्रयासप्रति रास्वपाको आपत्ति

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १३:४०
उपसभामुख हटाउने कांग्रेस–एमालको प्रयासप्रति रास्वपाको आपत्ति

काठमाडौंः उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे । उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे ।

लोकतन्त्रको बिरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ छ । उनले नेपाली कांग्रेसलाई विपी कोईरालाको आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे । उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिए ।

उनले भने, ‘एउटा जनजाती महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौं । उहाँले जति सम्मान पाउनु भएको छ तपाईँहरु जति उफ्रे पनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो सभामुख महोदय । सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो । आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेश गर्न खोजिदैछ । नयाँहरुलाई निषेध गर्न सकिदैन । समाज विज्ञानले प्रमाणित गरेको कुरा हो सभामुख महोदय । कार्यपालिको व्यवस्थापिकामाथिको निरन्तरको आक्रमण हामी कसरी टुलुटुलु हेर्नसक्छौं ?’

उनले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise