काठमाडौँ : आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
आतंकवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरूको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न मुलुकमा आतंकवादका पीडितहरूको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।
घृणित विचारधारा फैलाउने आतंकवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतंकवादको अन्तर्राष्ट्रियता निन्दा भए पनि यसबाट पीडितहरूले न्याय प्राप्तिका निम्ति संघर्ष गरिरहेका छन् ।