२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाउँदै

Nada
२०८२ भदौ ५ गते १०:५७
Shares
बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाउँदै

भक्तपुर : आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् । 

ncell

आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ । 

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी  द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर  परिक्रमा गराइन्छ । केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् । 

सम्बन्धित खबर