२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते ११:४७
निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई गैरनाफामूलक कुरा सही नभएको बताइन्। उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरिन् । 

उनले भनिन्, ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुरा छ, यसमा के भन्छु भनेँ निजी विद्यालय भन्ने बित्तिकै कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामूलक बनाउने हुनसक्छ रु जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुपर्‍यो । नत्र सञ्चालन कसरी गर्ने रु अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरु हुनुपर्छ । नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ ।’

सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्नेकुरा सही नभएको बताइन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise