२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यक छ : मन्त्री पौडेल

Nada
२०८२ भदौ ५ गते १२:५९
Shares
आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यक छ : मन्त्री पौडेल

कैलाली : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् ।

ncell

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ । हामीले हाम्रा कुरामाथि विश्वास नगरेका कारण अहिले हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ ।”

उनले स्वर्ण प्राशन मौलिक विधि रहेको उल्लेख गरे। विकल्प नहुँदा यसैलाई प्रयोग गरेर स्वस्थ हुने गरेको स्मरण गरे। “विकल्प आएपछि हामीले यसलाई छोडेर विकल्प तिर लाग्यौँ । यसलाई प्रयोग गर्दा हामी लाभान्वित हुन्छौँ । यसले वैकल्पिक उपचार विधिमा मद्दत गर्छ”, उनले भने।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वस्थ बालकले मात्रै आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न सक्ने बताए ।

सम्बन्धित खबर