२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

shivam cement
२०८२ भदौ ५ गते १४:४०
Shares
दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको एक जनाको मृत्यु भएको छ । 

आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । 

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ । सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर