२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

एनआरएनए साउदीद्वारा नवनियुक्त महावाणिज्यदूतको स्वागत

shivam cement
अन्जान गुभाजु
२०८२ भदौ ६ गते ०७:२४
एनआरएनए साउदीद्वारा नवनियुक्त महावाणिज्यदूतको स्वागत

साउदी अरेबिया : गैर-आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाले हालै जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा नवनियुक्त महावाणिज्यदूत  पारस पण्डित र श्रम सहचारी श्री जीवनकुमार घिमिरेलाई स्वागत गर्दै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएनए साउदीको दशौं राष्ट्रिय महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिले आयोजना गरेको यस कार्यक्रममा संघका अध्यक्ष उमेश भट्टराईले प्रवासी नेपाली श्रमिकहरूको हकहितका लागि नेपाल सरकार र दूतावाससँग सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले 'नेपालीका लागि नेपाली' भन्ने मूल नारालाई व्यवहारमा उतार्दै अन्य सामाजिक संघसंस्थाहरूसँग मिलेर काम गर्ने बताए ।

सो अवसरमा, एनआरएनए साउदीका पदाधिकारीहरूले महावाणिज्यदूत पारस पण्डितलाई पुष्पगुच्छा अर्पण गरी स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष भट्टराईसँगै नवनिर्वाचित कार्यसमिति, निवर्तमान अध्यक्ष नविना अर्याल, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल लगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise