सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको ४ लाख बढीको कपडा बरामद गरिएको छ । नेपाल भारत सीमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १ माकरबाट सशस्त्र प्रहरीले ४ लाख ९ हजार ५ सय मूल्य बराबरको कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीलाई देखेपछि मानिसहरु कपडा छाडेर भागेका थिए । नियन्त्रणमा लिइएको कपडा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नं.२६ गण नवलपरासीका सूचना अधिकारी माधव रेग्मीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies