२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भूमिका महत्वपूर्ण : प्रकाशमान सिंह

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते १३:०१
महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भूमिका महत्वपूर्ण : प्रकाशमान सिंह

काठमाडौं : उप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन र शिक्षामा महिलाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

मंगलादेवी सिंहको २९औं स्मृति दिवसमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मंगलादेवी सिंहले उनको जीवनकालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्न, लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउने कार्यमा गरेको योगदानलाई स्मरण गरिएको छ ।

उपप्रधानमन्त्ती सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर सिंहको प्रतिमामा माल्यार्पण गरे । प्रतिमामा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले महिला अधिकारको लागि मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

महिला अधिकारका लागि आवाज उठाउन मंगलादेवी सिंहले २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला संघको स्थापना गरेकी थिइन् । महिला संघले स्थापनाकालदेखि नै महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिनुपर्ने माग राख्दै आएको उपप्रधानमन्त्री सिंहले बताए । मंगलादेवी सिंह नेतृत्वको महिला आन्दोलनले महिलाहरुले पढ्न पाउने, मताधिकारको अधिकार पाउने अवस्थाको निर्माण भएको उपप्रधानमन्त्री सिंहले स्मरण गरे ।

मंगलादेवी सिंहले महिलाहरुलाई पैतृक सम्पतीमा पुरुषसरह हक हुनुपर्ने, राज्यका नीति निर्माण गर्ने तहमा महिलाहरुको उचित स्थान हुनुपर्ने, आमाको नाममा नाकरिकता लिन पाउनुपर्ने लगायतका आवाज उठाएकी थिइन् । मंगलादेवी सिंहको योगदानको बारेमा आगामी पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उपप्रधानमन्त्री सिहंको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise