२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

नेपालमै पहिलो पटक एकैदिन ५ हजार ४७ पिन्ट रगत संकलन

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते २०:२४
नेपालमै पहिलो पटक एकैदिन ५ हजार ४७ पिन्ट रगत संकलन

काठमाडौं : ब्रह्माकुमारीज संस्थाको पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालमा पहिलो पटक एकैदिन ५ हजार ४७ पिन्ट रगत संकलन गरिएको छ । यससँगै नेपालमै एकै दिन भएको रक्तदानको यो संकलन हालसम्मकै उच्चतम रेकर्ड बनेको हो ।

यो ऐतिहासिक अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभरका शाखाहरुको संयोजनमा तथा विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय अभियान अन्तर्गत एक सय घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

नेपालमा पहिलो दिनमै रेकर्ड

भदौ ६ बाट अभियान सुरु भएको पहिलो दिन नेपालभरका शाखाहरुबाट मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको छ । यस अन्तर्गत काठमाडौं क्षेत्रबाट १ हजार ७ सय ४५ पिन्ट, विराटनगरबाट १ हजार ३ सय २ पिन्ट, नारायणगढबाट ८ सय १२ पिन्ट, नेपालगञ्जबाट २ सय ५६ पिन्ट, वीरगञ्जबाट २ सय २० पिन्ट, पोखराबाट १ सय ४९ पिन्ट, दाङबाट १ सय ३७ पिन्ट, बुटवलबाट १ सय २१ पिन्ट, हेटौंडाबाट १ सय १३ पिन्ट, जनकपुरबाट १ सय पिन्ट, भैरहवाबाट ६७ पिन्ट र राजविराजबाट २५ पिन्ट रक्त संकलन भएको छ ।

४ दिनमा नेपालमा ११ हजार ९१६ पिन्ट संकलन

अभियान भदौ ६ देखि ९ गतेसम्म लगातार सञ्चालनमा रहेको थियो । यस अवधिमा नेपालभर विभिन्न स्थानमा कुल ११ हजार ९ सय १६ पिन्ट रगत संकलन गरिएको छ ।

यो अभियान नेपालमा मात्र नभइ भारतलगायत अन्य मुलुकमा समेत सञ्चालन भइरहेको छ । एक सय घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो अभियानले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने उद्देश्य राखेको छ ।

सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वलाई मूर्त रूप दिन सुरु गरिएको यो रक्तदान अभियानलाई मानव कल्याणका क्षेत्रमा ऐतिहासिक कदमका रूपमा लिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise