२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते १५:५२
जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए । उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको जिकिर गरे ।

साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युतमा आत्मनिर्भर बनेको उनले दाबी गरे । नेपालमा नदी प्रवाहित आयोजनाहरु बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

उपमहासचिव पुनले उत्पादित विद्युत बिक्रीका लागि बजारको समस्या नरहेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise