काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।
विद्युतीय कारोबार ऐन २०६३ को कसुरअनुसार उनीमाथि भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो ।
महरविरुद्ध थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ ।