काठमाडौं ::नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
छापावाल सुन मङ्गलबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ८९ हजार ८५० रुपैयाँ मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोलाएक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies