२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

पहिरोले देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

shivam cement
२०८२ भदौ १४ गते १७:५७
Shares
पहिरोले देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध

बैतडी : वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ-गिरेगडा सडक अवरुद्ध भएको छ । सडकखण्डको दशरथचन्द नगरपालिका-२ सुन्दर खाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका  यात्रुहरू बीच बाटोमै समस्यामा परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसिबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । 

सम्बन्धित खबर