२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा

shivam cement
२०८२ भदौ १७ गते ०८:१६
Shares
शिखर सम्मेलनमा सहभागी प्रथम महिलाहरूको सामूहिक जलयात्रा

चीन : शांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरू सम्मेलन सम्बोधनमा व्यस्त रहेका बेला ती मुलुकका प्रथम महिलाहरू भने जलयात्रा र आपसी सद्भाव आदानप्रदानमा व्यस्त भएका छन् ।

चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम महिलाको अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो । 

उनीहरूले स्थानीय हाइही नदीमा पानीजहाजबाट जलयात्रा गरेका थिए । सो क्रममा चिनियाँ परम्परागत कलाका साथै आधुनिक विकासको अवलोकन गराइएको थियो ।

सम्बन्धित खबर