गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुला प्रहरीले सदरमुकाम खलंगाको एक घरमा छापा हानेको छ । भित्रभित्रै जुवा खेल भइरहेको सुराकीको आधारमा प्रहरीले छापा हानेको हो । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा एक दर्जन जुवाडेहरु पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुबाट २ लाख ३७ हजार रकमसमेत बरामद गरेको छ । विगतदेखि नै जुवा खेलाइरहेको भन्दै प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको जनाएको छ । प्रहरीले दशैतिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हान्ने गरेको छ । सदरमुकाम खलंगाको तिंकर खेडामा रहेको प्रेम सिंह बुढाथोकीको घरमा छापा हानेको हो ।
पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । स्रोतका अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies