२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेनः अध्यक्ष राई

shivam cement
२०८२ भदौ १७ गते १७:००
Shares
संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम हुन सकेनः अध्यक्ष राई

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक १० वर्षमा संविधानको समिक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नै नसकिएको बताए ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा तीब्रता दिनुपर्नेमा उनको जोड छ । उनले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्मलिँदा जनतामा असन्तुष्टि बढ्दै गएको बताए । कानुन निर्माणमा सरकारी हस्तक्षेपका कारण कानुन निर्माणमा ढिलाई हुने गरेको पनि उनको आरोप छ ।

उनले भने, ‘हामीले १० वर्षमा समिक्षा गर्ने भनेका थियौं । तर यो अवधिमा संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नै बनाउन सकेनौं । बल्ल हामीले एउटा निजामति ऐन बनायौं । प्रहरीसम्बन्धी लगायत ऐन निर्माणकै क्रममा  छ । यद्यपि माननीयज्युहरुले हलो अड्काउने काम गर्नुभएको छ । कानुन निर्माण गर्दा पनि सरकारले चाहेकै जस्तो ऐन पास गर्नुपर्ने स्थिति छ । अख्तियारसम्बन्धी विधेयक अल्मलिएको छ । यसले हामी सबैलाई अपमानित पनि गरेको छ । समितिमा आएका आपत्ति र गुनासालाई पनि हेर्नुपर्ने आवश्यकता छ । हाम्रो देशमा अहिले सुशासनको समस्या छ । यसले जनतामा व्याप्त असन्तुष्टि बढाएको छ । प्रशासकहरुका समस्या समाधान र अनुमन गरेर यसमा सुधार गर्न आवश्यक छ ।’

उनले मुलुकको सबैभन्दा ठूलो समस्या सुशासन भएको बताए । मुलुकमा सुशासन कायम गर्न प्रशासकहरुका समस्याहरु हल गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी छ ।  

सम्बन्धित खबर