२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते ०७:२३
तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।

बागमती , गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशलगायत केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र बाँकी भागका केही स्थानमा आंशिक बदली हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न अनुरोध गरेको छ ।  

ADV

सम्बन्धित खबर

Advertise