२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते ०९:३८
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई

काठमाडौँ : सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुन:स्पष्ट गरेको छ ।

चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ ।

संक्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले “मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ,  परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझी टीकाटिप्पणी नगर्न  सम्बद्ध सबैमा मेरो आग्रह छ । ” प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise