२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते ११:३७
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौंः नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह लिँदै उनले सरकारले दिएको जिम्मेवारी निष्ठापूर्ण, अनुशासित र प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा उनले विभिन्न घटनाक्रममा ज्यान गुमाएका प्रहरी संगठनका सदस्यहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको सहज जीवनयापनको कामना गरे । आफ्नो कार्यकालमा नागरिकमा राज्यमाथिको विश्वास र भरोसा अभिवृद्धि गर्न सधैँ प्रयत्नरत रहने समेत बताए ।

उनले भने, ‘नेपाल सरकार गृह मन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठापूर्ण, अनुशासन, सेवाभाव र प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यद्यपि हाल प्रचलित प्रहरी ऐन र नियमावलीअनुसार नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ छोटो समयका लागि मात्र महानिरीक्षमा रहनेछन् । छलफलको क्रममा रहेको प्रहरी विधेयक पारित हुन नसके उनले २ महिना ७ दिन मात्र प्रहरीको कमाण्ड समाल्नेछन् । २०२७ मंसिर २३ मा तेह्रथुममा जन्मिएका खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । यो अवधिमा उनले मोरङ, धरान, दरबारमार्ग, बागलुङलगायतका थुप्रै प्रहरी इकाइमा नेतृत्व गरिसकेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise