२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- 'सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द हुन्छन्'

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते १२:२४
प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- 'सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द हुन्छन्'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने बनाएका छन् । 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले सर्वोच्च अदालतलेसमेत सूचिकृत नभएसम्म बन्द गर्न आदेश दिएको भन्दै बन्द हुने बताएका हुन्।

उनले लेखेका छन्, ‘सम्भवत: दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्,' उनले फेसबुकमा भनेका छन्, सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटसमार्फत आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लाग्छ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौं ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise