२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते १३:२९
अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अनुदान वितरणमा धेरै विश्वास गर्न नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले हाल सबैतिर भईरहेको अनुदान वितरणप्रति असन्तुष्टी जनाए । ऋणमा लिएका पैसालाई अनुदान भनेर वितरण गर्न थाल्यौँ भने मुलुकको अवस्था के हुन्छ होला ? उनको प्रश्न छ ।

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा पनि उनले जोड दिए । नेपालजस्तो गरिब देशले विभिन्न समस्याका कारण बाहिरबाट आउने अनुदानहरु पनि कटौती भइरहेको बेला अनुदान वितरणमा धेरै विश्वास गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले सबै ठाउँमा जे मा पनि हामी अनुदान भनिरहेका छौँ । अनुदानमा धेरै विश्वास गर्नु हुँदैन । अनुदानले एक त गरिब देश, अनुदान सरकारले बाहिरबाट आउने अनुदानहरु पनि विभिन्न अन्तराष्ट्रिय आर्थिक समस्याका कारणहरु बन्द हुन थालेका छन् । र हामीले ऋणमा लिएका पैसा अनुदान भनेर वितरण गर्न थाल्यौँ भने मुलुकको अवस्था के हुन्छ होला ? त्यसकारणले आर्थिक हिसाबले पनि हामीहरुले अनुशासन कायम गर्नुपर्ने छ ।’

उनले राष्ट्रिय लघु तथा साना जलविद्युत आयोजनाहरुलाई व्यवसायिक हुन आग्रह गरे । विगतमा बढी सहयोगी, सेवाको दृष्टिकोणले काम गरेपनि अब यसलाई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिए । यसलाई सहयोगी हुँदाहुँदै व्यवसायिक कसरी हुन्छ ? भन्नेतिर ध्यान दिइएन भने संस्थाहरु बाच्न पनि गाह्रो हुने उनले बताए । उनले यी संस्थाहरुले मुलुकको राजश्वमा केही हिस्सा भएपनि योगदान दिनुपर्नेमा जोड दिए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise