२०८२ भदौ १९ गते बिहिवार / Sep 04 , 2025 , Thursday
२०८२ भदौ १९ गते बिहिवार
Ads

सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

shivam cement
मध्यान्ह
२०८२ भदौ १९ गते १४:२३
सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र दर्ता प्रक्रियामा नआउने सामाजिक सञ्जालमाथि तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बैठकमा मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

मन्त्रालय स्रोतका अनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजै रातिदेखि क्रमशः बन्द गर्ने तयारी भइरहेको छ । सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित कम्पनीलाई पत्राचार सुरु गरिएको छ ।

सरकारले सामाजिक सञ्जाललाई मन्त्रालयमा अनिवार्य रूपमा दर्ता हुन सात दिनको समय दिएको थियो । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले म्याद तोकेको र मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो । तर, हालसम्म मेटा, अल्फाबेट (गुगल), एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयले जनाएको छ।

हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र मन्त्रालयमा सूचीकरण भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise