२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एनसिसी कतारको पहलमा कास्कीका जोगलाल घर फर्किए

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ १९ गते १८:११
Shares
एनसिसी कतारको पहलमा कास्कीका जोगलाल घर फर्किए

दोहा, कतार : गैरआवासिय नेपाली संघ (एनआरएनए) एनसिसी कतारको पहलमा कास्कीका जोगलाल विश्वकर्मा नेपाल फिर्ता भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत जुलाईमा कतार आइपुगेका कास्कीका विश्वकर्मा आएको डेढ महिनामै मानसिक समस्यामा परेपछि एनसिसी कतारको श्रमिक विभागले टिकट व्यवस्थापन गरी गत सोमवार राती नेपाल पठाएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका विश्वकर्मा कतारको सल्वा रोडमा रहेको बाफ अल मन्दी रेस्टुरेन्टमा कार्यरत रहँदा मानसिक समस्या देखिएपछि आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइएको एनसिसी कतारका श्रमिक विभाग संयोजक सन्तोष पौडेलले मध्यान्ह दैनिकलाई बताए । पौडेलले विश्वकर्माको काठमाडौंमा उनको परिवारसँग भेटघाट भइसकेको जानकारी आएको बताए ।

मानसिक समस्यामा परेको जानकारी पाएपछि निरन्तर खटेर उद्धार गर्ने एनसिसी कतारका श्रमिक विभागका संयोजकको टिम र कास्की आदर्श समाज कतारलाई एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले धन्यवाद व्यक्त गरेका छन् । पन्थीले नेपाली श्रमिकका हरेक समस्यालाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गरिने बताए । एनसिसी कतारले पछिल्लो समय हट लाइन नम्बर सञ्चालनमा ल्याएसँगै श्रमिकका गुनासाहरू सुन्न र समाधान गर्न सहज भएको पाइएको छ ।

सम्बन्धित खबर