२०८२ भदौ २० गते शुक्रवार / Sep 05 , 2025 , Friday
२०८२ भदौ २० गते शुक्रवार
Ads

३२ लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

shivam cement
मध्यान्ह
२०८२ भदौ २० गते ०८:४१
३२ लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली : भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । 

संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए । 

केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दा अपायक बोमाटारमा स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise