काठमाडौं : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म तीन जनाको मृत्यु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर हालसम्म तीन जनाको मृत्यु भएको हो ।
सिभिल अस्पतालमा उपचारका क्रममा दुई जना घाइतेको मृत्यु भएको हो भने अर्का एक प्रदर्शनकारीको संसद भवनको गेटमै गोली लागेर मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा घाइते भएका एक सय जनाभन्दा बढीको उपचार भइरहेको पनि सिभिल अस्पतालले जानकारी दिएको छ ।