काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लगाएको सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
सभापति देउवाले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भइसकेको छ ।