२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

झापामा एमाले कार्यालयमा आगजनी, विराटनगर–इटहरीमा आन्दोलन चर्कियो

shivam cement
२०८२ भदौ २४ गते ११:३४
Shares
झापामा एमाले कार्यालयमा आगजनी, विराटनगर–इटहरीमा आन्दोलन चर्कियो

विराटनगर : कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानैदेखि आन्दोलन जारी छ ।

झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । यसअघि सोमबार पनि त्यहाँ तोडफोड भएको थियो ।

विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेला भएका छन्। उनीहरूले पुष्पलालको सालिकसमेत तोडफोड गरेका छन् ।

इटहरीमा पनि कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । सोमबारको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि इटहरीमा थप तनाव चर्किएको छ ।

सम्बन्धित खबर