विराटनगर : कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानैदेखि आन्दोलन जारी छ ।
झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । यसअघि सोमबार पनि त्यहाँ तोडफोड भएको थियो ।
विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेला भएका छन्। उनीहरूले पुष्पलालको सालिकसमेत तोडफोड गरेका छन् ।
इटहरीमा पनि कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन् । सोमबारको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि इटहरीमा थप तनाव चर्किएको छ ।