काठमाडौंः काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । दिउँसो सवा १२ बजेबाट जिल्ला प्रशासन कार्यालयले काभ्रेपलाञ्चोकमा कर्फ्यू लगाएको हो ।
प्रशासनका अनुसार बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । यससँगै काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।