२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

एसिया फाउण्डेशनद्वारा जनसांख्यिक प्रतिवेदन हस्तान्तरण

shivam cement
महमद सदाब
२०८१ साउन ४ गते २२:२८
Shares
एसिया फाउण्डेशनद्वारा जनसांख्यिक प्रतिवेदन हस्तान्तरण

वीरगञ्ज : एसिया फाउण्डेशनद्वारा आयोजित  राष्ट्रिय जनगणना २०७८ अनुसारको जनसांख्यिक प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिवेदनमा वीरगञ्ज महानगर पालिकाको कुल जनसंख्या, जनसंख्या वृद्धिदर, उमेर अनुसारको जनसंख्या, वडा अनुसारको जनसंख्या वितरण, र महानगरका बासिन्दाले प्रयोग गर्ने घरायसी सुविधाहरूको विवरण समेटिएको छ । 

जसमा टेलिभिजन, रेडियो, मोबाइल फोन आदिको प्रयोगसम्बन्धी जानकारी पनि समावेश गरिएको थियो। साथै सो प्रतिवेदनमा विदेश गएको जनसंख्या, महिला घरमुली, साक्षरताको अवस्था, विवाह, अपाङ्गता, र आश्रित जनसंख्याका विषय पनि समेटिएका छन् ।  जसबाट महानगरको वर्तमान अवस्था बुझ्न सजिलो हुने बताइएको छ । 

उक्त कार्यक्रमको प्रमुख अतिथि  वीरगञ्ज  महानगर पालिकाका उपप्रमुख इम्तियाज आलम रहेका थिए । 

उपप्रमुख आलमले एसिया फाउण्डेशनलाई धन्यवाद दिँदै भने,‘यस्तो राम्रो र सूचनामूलक कार्यक्रमको आयोजना गरेको छ । यो महानगरमा आवश्यक पनि छ । हामीले चाहेको सहयोग सम्बन्धित ठाउँमा पुर्‍याउन सजिलो पनि हुन्छ । महानगरभित्र कसको घरमा कति व्यक्ति र घरको हालतको बारेमा सजिलो थाहा पनि हुन्छ ।’

यस प्रतिवेदनले वीरगञ्ज महानगर पालिकाको विकास र योजनाहरूको लागि महत्वपूर्ण दस्तावेजको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ । सो कार्यक्रम मा महानगरका शिक्षा महाशाखाका प्रमुख अर्बिन्दलाल कर्ण, महानगर वडा नं.१ का वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा नं.२ का वडा अध्यक्ष रेयाज मिया, वडा नं.३ का बैजु स्ववर्णकार लगायत  विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न  शाखाका शाखा  प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर