काठमाडौं : सिटिजन्स क्यापिटलको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको क्यापिटल अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ जानकारी दिए ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावमा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरेको छ ।