काठमाडौं : सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो ।
धितोपत्र बोर्डका कायममुकायक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहेका छन् ।