२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिमलताल बस दुर्घटना : स्थानीय मृतकका परिवारलाई रामनगर गाउँपालिकाले एक लाख दिने

ADV
लक्ष्मण यादव
२०८१ साउन ५ गते १७:२२
सिमलताल बस दुर्घटना : स्थानीय मृतकका परिवारलाई रामनगर गाउँपालिकाले एक लाख दिने

सर्लाही : सर्लाहीको रामनगर गाउँपालिकाले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका स्थानीय मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ । गाउँपालिका अध्यक्ष राजाबाबु यादवले स्थानीय मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराइने जानकारी दिए ।

साथै आइतबार गाउँपालिकामा शोक बिदा दिइएको छ । पालिकाभित्रका सम्पूर्ण सरकारी संघसंस्था, विद्यालय, पालिकाका सम्पूर्ण वडा कार्यालयलगायत गाउँपालिका मातहातका सम्पूर्ण कार्यालय बन्द रहने अध्यक्ष यादवले जानकारी दिए ।

दुर्घटनामा परी सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ३, बहुअर्वाका २८ वर्षीय जितेन्द्र महरा र १९ वर्षीय रामा दासको मृत्यु भएको थियो । मृतक महराको शव फेला परिसकेको र उनका परिवारले उनको अन्तिम संस्कार पनि गरिसकेका छन् भने रामा दासको शव हालसम्म फेला परेको छैन ।

त्यस्तै सोही दुर्घटनामा जिल्लाको कबिलासी नगरपालिका-८ का २४ वर्षीय रबिन्द्र साह र बरहथवा नगरपालिका-३ का १८ वर्षीय रमित कुश्वार माझीको पनि मृत्यु भएको थियो । बरहथवाका माझीको शव फेला परिसकेको छ भने कबिलासीका रबिन्द्र साहको शव हालसम्म फेला परेको छैन । यी चारै जना काठमाडौंबाट गौर आउँदै गरेको गणपति डिलक्सको बसमा सवार थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise