दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १७ गते प्रदर्शनमा आउने फिल्म ओभर डोजको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पूर्ण छायांकन भएको उक्त फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।
फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । निर्देशक सुमन पौडेलले निदेशन गरेको उक्त फिल्ममा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने जीवन कुमार केसीले निर्माण गरेका हुन् ।
फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । प्रोडक्सन डिजाइनर नयन आचार्यको रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको छ ।
निर्माता जीवन कुमार केसीले फिल्म क्षेत्रलाई चलायमान गराउने उद्देश्यले ‘ओभर डोज’ युवापुस्ताको रुचीलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies