लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : गैरआवासीय नेपाली अर्थात प्रवासी नेपालीहरुको जन्मभूमि नेपालको मायामा र सेवामा समर्पित राष्ट्रप्रेमले ओतप्रेत गीत ‘एक पटकको नेपाली सधैंको नेपाली’ बजारमा आएको छ । परदेशमा बसेर नेपाल र नेपाली जनताप्रति अगाध माया गर्ने कवि तथा गीतकार प्रमिला बस्नेतको शब्दमा उक्त गीत दर्शक श्रोतामाझ आएको छ ।
सरोज प्याकुरेलको संगीत रहेको गीतमा कृण्ण काङ्खले, रिता के.सी., सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेटिएको गीतले नेपालीको पीडा विदेशमा बस्ने नेपालीले नेपाललाई गरेको माया नेपालप्रतिको समर्पण दर्साएको छ ।
सरोज प्याकुरेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा उक्त गीतका गायक गायिका तथा गीतकार प्रमिला बस्नेत देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ । भिडियोमा देबेन्द्र कुंवरको कोरियोग्राफी, बासु बरालको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । गीतको भिडियोमा नेपालसहित नेपाल बाहिरको दृष्य पनि समावेश गरिएको छ । डाक्टर घनश्याम खतिवडाको स्वरमा न्यारेसन रहेको छ ।
गीतकार प्रमिलाको यसअघि थुप्रै गीतहरु विभिन्न गायक गायिकाको स्वरमा बजारमा आइसकेको छ । विशेष गरी राष्ट्रप्रेमका गीत कविता लेख्न रुचाउने गीतकारका मायाप्रेममा गीतहरु पनि बजारमा आइसकेका छन् भने केही गीतहरु आउने तयारीमा रहेका छन् । सबै प्रकारका गीतहरु लेख्न रुचाउने गीतकार बस्नेत समाजसेवामा पनि सक्रिय छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies