२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु

shivam cement
२०८२ असोज ९ गते ११:२०
Shares
भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु

काठमाडौंः मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सोमवार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् ।

बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा मृत्यु भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१।४ मिमी बाढी १९८६ पछिको सबैभन्दा उच्च र पछिल्लो १३७ वर्षमा छैटौं उच्चतम एकै दिनमा परेको वर्षा थियो ।

आईएमडीले बंगालको खाडीमाथि रहेको न्यून चापीय क्षेत्रको परिणामस्वरूप मुसलधारे वर्षा भएको बताएको छ । वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ । रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ । एजेन्सी  

ताजा खबर

सम्बन्धित खबर