शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा खेतमा लगाइएको गाँजा फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मिर्चैया नगरपालिका वडा नं. ९, गोलबजार नगरपालिकाको वडा नं. ७, ८, ९, १० र धनगढीमाई नगरपालिका वडा नं. १२ को करिव ७ विगहा जमिनमा लगाएको २६ हजार ४ सय गाँजाको बोट फँटानी गरी आगजनी गरेर नष्ट गरेको हो ।
अवैधरुपमा लगाइएको गाँजा फँडानी गर्ने अभियान अन्तर्गत शनिबार फल लाग्नु अगावै फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोेकीले मध्यान्हलाई जानकारी दिए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहित हुने उनले बताए ।
यस क्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रवक्ता बुढाथोकीले बताए । कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ । मानिसले परबाट हेर्दा अन्य बालिजस्तो लाग्ने गरी गाँजाको खेती गरिएको प्रहरीको भनाई छ । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन सक्ने प्रहरीले जनाएको छ । गाजाँको मूल्य दिनानुदिन बढेसँगै सिरहामा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढ्दै गएको जानकारहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies