काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यावसायिक प्रतिनिधिमण्डलमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्नेगरी नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यावसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलंकाको आर्थिक पुर्नउत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ ।
दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको चेम्बरले जनाएको छ । दुवै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।