काठमाडौं : हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीयविवरणलगायतका वार्षिक विवरणसमेत पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको हो । सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले अनुपालना, सुशासन, आधुनिक प्रविधिको अनुसरणमा जोड दिई सर्वसुलभ रूपमा धितोपत्र दलाल सेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।