२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

लगानीकर्ताको मनोबल उकास्न चेम्बरको आग्रह

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते २१:०५
लगानीकर्ताको मनोबल उकास्न चेम्बरको आग्रह

काठमाडौं : अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न अर्थमन्त्री रामेश्वर खनाललाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ ।

अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै वर्तमान परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नेमा चेम्बर विश्वस्त रहेको छ ।’

वर्तमान कठिन परिस्थितिमा स्वदेशी र वैदेशिक लगानी आर्कषित गर्न लगानीसम्बन्धी नीतिमा थप सहजीकरण गर्नसमेत चेम्बरले आग्रह गरेको छ । राज्य र निजी क्षेत्र संवाद संयन्त्रलाई सशक्त बनाउन पनि चेम्बरले सुझाव दिएको छ । 

यस्तै, आन्दोलनबाट प्रभावित साना, घरेलु तथा मझौला उद्यम व्यवसाय आदिलाई सहुलियतपूर्ण ऋण, व्याज अनुदान, कर छुट र नवीकरण शुल्क मिनाहाको व्यवस्था गर्न आग्रह गरिएको छ ।

प्रतिष्ठित कम्पनीहरू, बहुराष्ट्रिय कम्पनी, एलसीबाट आयातीत, एजेन्सी एवं जिएसटीमार्फत आयातीत सामानको बिल मूल्यका आधारमा नै भन्सारदर कायम गरिनुपर्ने चेम्बरले जनाएको छ ।

अर्थमन्त्री खनालसमक्ष चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको आर्थिक वृद्धिबारे विश्व बैंकको पछिल्लो प्रतिवेदनले नेपालको निजी क्षेत्रलाई चिन्तित तुल्याएको बताए ।

भेटवार्तामा अर्थमन्त्री खनालले निजी क्षेत्रमा सुरक्षा प्रत्याभूतिसहित लगानीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई निकास दिन आफू प्रयासरत रहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise