२०८२ असोज २४ गते शुक्रवार / Oct 10 , 2025 , Friday
२०८२ असोज २४ गते शुक्रवार
Ads

दराजले घोषणा गर्‍यो तिहार महोत्सव, ७० प्रतिशतसम्म छुट पाइने

shivam cement
मध्यान्ह
२०८२ असोज २३ गते २१:०६
दराजले घोषणा गर्‍यो तिहार महोत्सव, ७० प्रतिशतसम्म छुट पाइने

काठमाडौं : अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले १०.१० तिहार महोत्सवको घोषणा गरेको छ । पहिलोपटक यो सेल असोज २३ गते राति ८ बजेबाट सुरु भई असोज ३० गतेसम्म चल्नेछ । महोत्सवअन्तर्गत उपभोक्ताहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ लाखभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मको फ्ल्याट भौचर प्राप्त गर्न सक्नेछन् ।

साथै, दैनिक फ्ल्यास सेल, विशेष अफर र आकर्षक मूल्यका उत्पादन उपलब्ध हुने दराजले जनाएको छ । यस वर्षको महोत्सवलाई थप आकर्षक बनाउन प्ल्याटिनम पार्टनर ब्रान्ड सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट दिनेछन् भने गोल्ड पार्टनर एइबिबी, ब्रान्डहाउस र मारिकोले ६० प्रतिशतसम्म बचत उपलब्ध गराउनेछन् ।

दराजमलमार्फत उपभोक्ताले सय प्रतिशत असली उत्पादनको ग्यारेन्टी पाउनेछन् । यदि कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले तीन गुणा क्यास ब्याक दिने व्यवस्था मिलाएको छ ।

तिहारलाई नयाँ लुगा र शैलीको पर्वका रूपमा मनाइने भएकाले महोत्सव अवधिमा बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के, नाइकलगायतका फेसन ब्रान्डमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध हुनेछ । त्यसैगरी, उपभोक्ताले न्यूनतम ४ सय ९९ रुपैयाँको खरिद गर्दा छनोट गरिएका उत्पादनमा निःशुल्क डेलिभरी सुविधा पाउनेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise