२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

तिहारमा ३२ स्थानबाट मात्रै फूलमाला विक्री गर्न पाइने

shivam cement
२०८२ असोज २४ गते १३:४२
Shares
तिहारमा ३२ स्थानबाट मात्रै फूलमाला विक्री गर्न पाइने

काठमाडौंः काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । 

महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र विक्री गरिनेछन् । विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । नगर प्रहरी प्रमुख पाण्डेकाअनुसार महानगरले नयाँ बानेश्वरको एन.वि. सेन्टर, शंखमुलको विग मार्ट, नयाँ बानेश्वरको आई प्लेक्स महल, मध्यबानेश्वर सेल्स बेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तिनकुनेको तिनकुने चौर, सिफलको सिफल चौर, चावहिलको एस पी कम्लेक्स, गणेशस्थानको तरकारी बजार, केयल टावर अगाडि र चावहिल सेन्टर अगाडि, स्वयम्भुको धर्म चौक पार्क, कालीमाटिको कालीमाटी बाङ्गक्यूट र द्यौखेल, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध महल र गुणस्तर खाल्डो, हाँडिगाउँको ५ वडा अगाडिको डबली र ५ वडा गणेश मन्दिर डबली, सामाखुसीको कोईराला स्मार्टः २६ वडा सामाखुसी, महाराजगञ्जको सेल्स बेरी, गोंगबुको बिगमार्ट, चपलकारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्ट, कामलादीको आईटि बिल्डिङ्ग, पुतली सडकको स्टार महल, अनामनगरको भाटभटेनी, टेवल मन्दिर परिसर, सुन्धरको काठमाडौं महल, वडा नम्बर २८ अद्वेतमार्गको वडा कार्यालय बनाउने ठाउँमा र न्यूप्लाजा बज्र कम्लेक्सको गुड मार्टमा विक्री वितरण केन्द्र स्थापना गर्ने बताए । 

उनले अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरे ।  नगर प्रहरी प्रमुख पाण्डेले नेपालीमा उत्पादित फूलहरुलाई प्रचारप्रसार गर्न पनि आग्रह गरे । छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए विगतझैँ अहिले पनि अनुगमन गरी कारबाही गर्ने चेतावनी दिए ।

ताजा खबर

सम्बन्धित खबर