२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रगति महिला विकास सहकारीको साधारण सभा सम्पन्न

shivam cement
२०८२ असोज २४ गते २०:२५
Shares
प्रगति महिला विकास सहकारीको साधारण सभा सम्पन्न

चितवन : प्रगति महिला विकास सहकारी लिमिटेडको २७औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । चितवन भरतपुरमा जानकी शर्माको अध्यक्षतामा संस्थाका ज्येष्ठ पूर्वअध्यक्ष सीतादेवी अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । 

संस्थाकी उपाध्यक्ष रामकुमारी थापाले स्वागत गरेर सुरु भएको सभामा संस्थाको प्रगति विवरण संस्थाका कोषाध्यक्ष मन्जु खडकाले प्रस्तुत गरेकी थिइन् भने आगामी कार्ययोजना र खर्च विवरण लेखा संयोजक शारदा अधिकारीले प्रस्तुत गरेकी थिइन् ।

साधारण सभामा संस्थापक सेयर सदस्यलाई दोसल्ला र मायाको चिनो तामाको करुवासहित अभिनन्दन गरेको थियो । साथै, सभामा उत्कृष्ट बाल बचतकर्तालाई पुरस्कारको व्यवस्था गर्दै भविष्य उज्ज्वल बनाउन बालबालिकाको बचतलाई प्राथमिकतामा राख्ने अभिभावक र बेलैमा साँवा र ब्याज बुझाउने असल ऋणीहरूलाई पनि सम्मान गरिएको छ । 

संस्था २०५५ सालमा २५ जनाको समूह निर्माण गरेर मैनाकुमारी गुरुङको अध्यक्षतामा भरतपुर महानगरपालिका–१५ फूलबारीमा स्थापना भएको थियो । संस्थामा अहिले १ हजार २२ जना सेयर सदस्य पुगेका छन् । संस्थाले यसै वर्षदेखि राहतकोष स्थापना गर्ने भएको छ, जसले सेयर सदस्यलाई भैपरी आउने विपद्मा सहयोग गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर