२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कुमारी बैंक र जिआइजेड नेपालबीच समझदारी

shivam cement
२०८२ असोज २४ गते २०:४१
Shares
कुमारी बैंक र जिआइजेड नेपालबीच समझदारी

काठमाडौं : नेपालमा विद्युतीय गतिशीलतालाई प्रवर्धन गर्न कुमारी बैंक र गेसेलसाफ्ट फ्युर इन्टरनासियोनाले जुजामेनआर्बाइट (जिआइजेड) जिएमबिएच (जिआइजेड नेपाल)बीच ‘सस्टेनएबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ परियोजनाअन्तर्गत समझदारी भएको छ ।

सो सहकार्यले सार्वजनिक यातायात व्यवसाय सञ्चालन गर्नेहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउनेछ र विद्युतीय सार्वजनिक सवारीसाधनको सञ्चालनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ । विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको इएमबिएस स्वीकृति तथा सञ्चालनलाई तीव्र बनाउन यो पहल गरिएको हो ।

सस्टेनएबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजना जिआइजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको संयुक्त प्रयासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित अन्य साझेदारहरूको सहकार्यमा सञ्चालन भइरहेको छ । यो परियोजना मिटिगेसन एक्सन फ्यासिलिटीको आर्थिक सहयोगमा कार्यान्वयनमा आएको हो र यसले करिब ३ हजार ५ सय विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

परियोजनाले नेपालमा सार्वजनिक यातायात प्रणालीलाई सफा, हरित र दिगो बनाउने लक्ष्य लिएको छ । विद्युतीय सवारीलाई प्रवर्धन गर्न परियोजनामा मोबाइल एप्लिकेसन्स, जिपिएस डिभाइस, एलइडी रुट डिस्प्ले टाइप ओपन लुप ई–टिकटिङ सिस्टमलगायतका डिजिटल प्रविधिहरूको प्रयोग गरिने जनाइएको छ ।

समझदारीअनुसार सार्वजनिक यातायात व्यवसायीलाई विद्युतीय बस प्रयोग गर्न प्रोत्साहित गर्न कुमारी बैंकले विशेष लोन प्याकेज र प्रारम्भिक डाउन पेमेन्टमा अनुदान प्रदान गर्नेछ । यसले सवारीसाधनको खरिद लागत कम गर्न सहयोग पुर्‍याउने र विद्युतीय यातायातलाई आर्थिक रूपमा पनि सुलभ बनाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर